फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित | Khabarhub Khabarhub

फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरीसाकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन समारोहमा उनलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले सम्मान गरिएको थियो । 

खेलाडी राईलाई शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र निवर्तमान मेयर यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा राष्ट्रिय एथलेटिक्स कबड्डी प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार रुपैयासहति सम्मान गरिएको थियो । 

यस्तै धरानको पर्यटकीय नक्सा डिजाइनर इन्जिनियर पारसमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राईलगायतलाई पनि  सम्मान गरिएको थियो । 

साकेला शिली जिल्ला व्यापी प्रतियोगितामा सहभागी मध्ये धरान–१५ प्रथम, धरान– ९ र १० को टोली दोस्रो र धरान– ११ तेस्रो भएको भएको थियो । यसैगरी धरान बाहिरका प्रतियोगी इटहरी उपमहानगरपालिका १, १९ र २० को संयुक्त टोलीलाई प्रथम घोषित गरिएको थियो भने पकली–रामधुनी दोस्रो, इटहरी–२० तेस्रो घोषित गरिएको थियो । 

उत्कृष्ट सांस्कृतिक झाँकी सामग्री प्रदर्शनमा धरान–१५ प्रथम, धरान–८ दोस्रो र धरान ९ र १० को टोली तेस्रो घोषित भएका थिए । धरान बाहिरबाट इटहरी–५ को टोली प्रथम, इटहरी– ६ दोस्रो र इटहरी २ को टोली तेस्रो घोषित भएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ३४ बजे

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ