शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखीकरण कार्यक्रम « Khabarhub

शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखीकरण कार्यक्रम


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक तथा अभिभावकबीच अभिमुखीकरण कार्यक्रम गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका १० मा रहेको हिमालय इंगलिस स्कुलले विद्यालयको थप शैक्षिक सुधार गर्न एक दिने शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो सत्र शिक्षकलाई र दोेस्रो सत्र अभिभावकलाई अभिमुखीकरण प्रशिक्षण दिईएको हिमालय इंगलिस स्कुल प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन लाग्नु पर्ने प्रिन्सिपल खनालको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक एवम् मोटिभेसनल् ट्रेनर सेवक बंजगाईंले वालबालिकालाई उनीहरुको सकारात्मक कुरामा प्रशंसा गर्नुपर्नेमा जोड दिंदै बालवालिकालाई पिटेर , गाली गरेर सुधार गर्न नसकिने वरु अभिभावकले असल व्यवहार घरमा गरिरहँदा बालबालिकाले आफै उत्तम संस्कार सिक्ने उत्प्रेरणा दिएका थिए ।

आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने मोटिभेसनल् ट्रेनर बंजगाईंले बताएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : २३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम