‘साहु बा’ वेब शृङ्खलाको टिजर सार्वजनिक | Khabarhub Khabarhub

‘साहु बा’ वेब शृङ्खलाको टिजर सार्वजनिक


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय गरेका कलाकारको आवरण (गेटअप) र कथासार बुझ्न मदत पुग्ने निर्देशक सुजय योङले बताए ।

‘शृङ्खलाको लेखनमा तीन वर्ष समय खर्चिएका छौँ । यसको छायाङ्कनमा पनि समय लागेको छ । मेरो योजनामा प्रसिद्ध कलाकार जोडिनुभयो, यो सफल भएमा नेपालमा शृङ्खला बन्ने क्रम बढ्नुका साथै चलचित्रका कलाकार पनि अभिनय गर्न तयार हुने मैले देखेको छु । त्यसैले यो मेरा लागि त महत्वपूर्ण छ नै यसले नेपालमा वेब शृङ्खलालाई नयाँ सम्भावना दिने छ’, निर्देशक योङले भने ।

अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारले शृङ्खलामा अभिनय गरेका छन् ।

अभिनेत्री कार्कीले यो शृङ्खलामा अभिनय गर्नुको कारण कथावस्तु रहेको बताइन् । उनले भनिन् ,‘यो नेपालमा नयाँ प्रयोग पनि हो । मलाई यसको विषयले आकर्षित गरेको हो । मेरो बच्चा भएको समय भएकाले त्यहीअनुरुप मेरो पात्र तयार गरिएको थियो तर २४ औँ भाग खिच्दासम्म मेरो शारीरिक अवस्था परिवर्तन भएको देख्नुहुनेछ ।’

यो शृङ्खला एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा प्रदर्शन हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको शृङ्खलालाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर छायाङ्कन गरेका हुन् ।

शृङ्खलाको कथा, पटकथा तथा संवाद निर्देशक योङले नै तयार गरेका हुन् । प्रेम, विश्वासघात र प्रतिसोधको कथा समेटिएको शृङ्खलालाई द्वन्द्व र अपराध (एक्सन तथा क्राइम) विधामा तयार गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ३३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

चितवन– सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले

स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङमा रूसी प्रधान मन्त्री

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको

मूल्य खस्किएपछि अदुवा किसान मारमा

घोराही– यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित