घरबाट झिँगा कसरी हटाउने ?  « Khabarhub

घरबाट झिँगा कसरी हटाउने ? 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन् । झिँगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्यम पनि  झिँगा हो । त्यसैले झिँगालाई कसरी फैलन नदिने भन्नेमा हामी सधै चिन्तित हुने गर्छौं ।

झिँगा एक प्रकारको किरा हो । यो विश्वका सबै स्थानहरूमा पाइन्छ। झिँगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका संक्रमित रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ ।

त्यसको लागि यि उपायहरु अपनाउनुहोस् ..

– फोहोरको थुप्रो, जमेको पानी भएको ठाउँमा सजिलै झिँगा फैलिन्छ । त्यसैले झिँगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाइ गर्नु नै हो ।

– घरमा बासी, कुहिएको, सडेको खानेकुरा राख्नु हुँदैन र सफा खानेकुरा छोपेर राख्नुपर्छ ।

– एउटा पारदर्शी पलास्टिकमा आधा पानी भरेर घरको  मूलढोकामा वा भित्र पस्ने ठाउँमा, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकाशबाट पनि झिँगा भाग्छ ।

–  कपासमा गन्ध भएको तेल भिजाएर भित्र-बाहिर गर्ने मूल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिँगा भगाउन सकिन्छ ।

– ढोका सधैँ बन्द गर्ने ।

– स्प्रे बोतलमा थोरै धुलो खोर्सानी पाउडर छर्किँदा पनि घरमा झिँगा आउँदैन ।

विभिन्न मिडियाको सहयोगमा 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १ : ०२ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष