तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु « Khabarhub

तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । संघीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका-६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिए। 

उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि  त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए । यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य  लिइएको छ । 

सो पुलको सोमबार दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे। अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए। 

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  २ : ३१ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई