राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक पारित  « Khabarhub

राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक पारित 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ । 

मंगलबार बसेको राष्ट्रियसभाको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जन सहित पेश गरिएको जानकारी दिए । प्रविधिको विकाससंगै दैनिक कारोबारलाई सुरक्षित बनाउनका लागि आवश्यक कानून बनाउन खोजिएको उनले बताए ।

त्यस्तै बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ४ : ५७ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका