यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु | Khabarhub Khabarhub

यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीयको एजेन्सीले मंगलबार जनाएको छ ।

यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गरिएको  आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । 

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् । 

अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५० जनाको मृत्यु भएको जनाएको छ । सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ । आइओएमले मंगलबार जीवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ ।

यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ ।

धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ०६ बजे

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले