कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु « Khabarhub

कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय हरेकका हातमा मोबाइल जस्तै धेरैको साथमा ल्यापटप पनि हुन्छ । अनलाइन काम होस् या अन्य विद्यार्थीका असाइनमेन्टहरु तयार गर्न अनलाइन क्लासहरू पढ्न ल्यापटपको प्रयोग गर्ने गरिन्छ ।

ल्यापटपमा काम गर्दा होस् या भिडियो सामग्रीहरु हेर्दा होस् प्राय चार्जमा नै जोडेर चलाउने गरेको देखिन्छ यसको कारण हो चार्ज नटिक्नु  ।

कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका  गल्तीका कारण पनि ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु छोटिँदै जान्छ । ल्यापटपको ब्याट्रीमा गिरावट आउन नदिनका लागि केही उपायहरू अपनाउन सकिन्छ ।

– पहिलाे नंबरमा  कहिले पनि आफ्नो ल्यापटपलाई रातभर चार्जमा लगाएर नछोड्नुहोस् । यसो गर्दा ल्यापटपको ब्याट्री जीवनलाई कम वा पूर्णरुपमा समाप्त गरिदिने जोखिम हुन्छ ।

– ल्यापटप प्रयोग गर्दा ब्याट्री सेभर प्रयोग गर्नुहोस् ।

– त्यसै गरी ल्यापटप चार्ज गरिरहेको बेलामा  पनि चलाउनु उपयुक्त मानिँदैन । यसले ल्यापटपको ब्याट्री लाइफ खराब हुन्छ । त्यसैले ल्यापटपमा पूर्ण चार्ज भइसकेपछि चार्जर झिकेर मात्रै प्रयोग गर्नु राम्रो हुन्छ ।

– जसरी हामी माेबाइलमा १०० प्रतिशत चार्ज गर्दैनाौँ त्यसैले गरी ल्यापटपमा पनि गर्नु हुदैन । ल्यापटपको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नु पर्छ । ल्यापटपमा ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिने र ८० प्रतिशत भन्दा धेरै चार्ज गर्नु हुँदैन ।

– ल्यापटप चार्ज गर्ने बेला बन्द वा गर्मी ठाउँमा राखेर ल्यापटप पनि गर्नु हुँदैन यसो गरेमा तात्ने समस्या निम्तिन सक्छ ।

–  सक्कली वा ब्राण्डेड चार्जरबाट मात्रै चार्ज गर्नु पर्छ ।

विभिन्न मिडियाकाे सहयाेगमा 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ०८ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक