तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली « Khabarhub

तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

खोटाङ –हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै आज बृहत् साकेला सिली प्रदर्शन गरिएको छ ।

साकेला उभौलीको अवसरमा आज विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो ।

किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार-संस्कृतिको संरक्षण गर्न तुवाचुङ-जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ तीन चुल्हाको पूजा गरी साकेला सिली प्रदर्शन गरेका हुन् ।

यस ठाउँमा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती रहेको तुवाचुङ(जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।

त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको तुवाचुङ(जायजुममा संसारभरका किरात समुदाय पितृ पुर्खालाई पूज्न आउने गर्छन् ।

सिली प्रदर्शनीमा १३ समूहले ढोल, झ्याम्टाको तालमा गाउँदै साकेला सिली प्रदर्शन गरेका थिए । सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले गरेका थिए ।

साकेला उभौलीले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए ।

‘साकेलामा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु-याउँछ’, उनले भने ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : ४७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर