बालबालिकालाई स्कुल ब्याग वितरण « Khabarhub

बालबालिकालाई स्कुल ब्याग वितरण


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – सुन्दरहरैचा नगरपालिकामा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ। सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ ले वडा कार्यालयको तर्फबाट अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको हो।

वडा भित्र रहेका बिद्यालयमा साक्षरता अभियानलाई सहयोग पुग्ने उदेस्यले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत १ देखि ५ कक्षा सम्मका ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष चौधरीले बताए।

विद्यार्थीहरूलाई दिइएको ब्यागले शिक्षाप्रति थप ऊर्जा बढ्ने र निजी विद्यालयको जस्तै अनुभव हुने उनले बताए। ब्याग पाएपछि विद्यार्थीहरूले पनि खुशी व्यक्त गर्दै निरन्तर बिद्यालय आउने बताएका छन्।

गत आइतबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले वडा कार्यालयले केहि दिन भित्रमै विद्यालयलाई ब्याग वितरण गर्ने बताएका थिए।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ११ : ०० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय