विश्वकप मैदानमा पृथ्वीनारायण शाहको फोटो बोकेका नेपाली क्रिकेट फ्यान « Khabarhub

विश्वकप मैदानमा पृथ्वीनारायण शाहको फोटो बोकेका नेपाली क्रिकेट फ्यान


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा बुधबार बिहान नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दै थियो। नेदरल्यान्ड्सविरुद्धको खेलमा जस्तै अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाली दर्शकको बाक्लो उपस्थित थियो। अमेरिकाका विभिन्न स्थानबाट मंगलबारदेखि नै क्रिकेट फ्यान फ्लोरिडा पुगेका थिए।

तिनै सयौं फ्यानको बिचमा केही नेपाली फ्यान भने पृथ्वीनारायण शाहको तस्बिरसहित उपस्थित थिए। एक नेपाली फ्यान विशाल पटेलले पृथ्वीनारायण शाहको तस्बिरभन्दा तल आउट लेखेको ठुलो फ्रेम बोकेको देख्न सकिन्छ।
त्यही तस्बिर अर्का फ्यानले बोकेको फोटो सुवास हुमागाईंले ट्वीट (एक्स)मा पोस्ट गरेका छन्।

बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले प्रभावित भएको थियो। लगातार वर्षा भएपछि खेल हुन नसक्दा दुवै देशले अंक बाँडेका छन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।

 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : १५ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल