खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण « Khabarhub

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ ।

वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो ।

५७ वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ’, प्रधानाध्यापक नयन्द्रकुमार राईले भने ।

उक्त विद्यालयमा हाल एक सय छजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा तीन प्राथमिक तहका स्थायी दरबन्दी, दुई निम्न माध्यमिक तहका राहत दरबन्दी, एक प्राथमिक तहका राहत शिक्षक तथा एक बालविकास सहयोगी कार्यकर्ता र दुई निजी स्रोतका शिक्षक कार्यरत छन् ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : २५ बजे

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई