जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन « Khabarhub

जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता  भइरहेको निर्वाचन समितिले जनाएको छ ।

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान अनुसार उक्त पदहरुमा उम्मेदवारी दिने क्रम अगाडि बढेको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भइसकेका छन् । उनी स्थापनाकालदेखि नै जसपा अध्यक्ष रहँदै आएका छन् । अब उनी अध्यक्ष निर्वाचित भइसकेपछि अन्य पदमा चुनाव हुने भएको छ ।

पार्टीको विधानअनुसार महिला, आदिवासी/जनजाति, मधेशी, खस आर्य, थारु, दलित, मुस्लिम, अपाङ्गता र अल्पसङ्ख्या, प्रवास समूह समेतको सङ्ख्या सुनिश्चित गरिएको छ ।

नेतृत्व चयनमा अध्यक्षमा उपेन्द्र यादव नै रहने सुनिश्चित भएको छ भने अन्य पदहरुमा मित्रवत प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचन कार्यकतालिका अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन १० बजे, दाबी विरोध १०.०० देखि ११.०० सम्म, मनोनयन फिर्ताका ११.३० देखि २.३० बजेको समयसीमा तोकिएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : ०९ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल