अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते « Khabarhub

अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- जिल्लाको चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्री बेस क्याम्पमा अविरल वर्षापछिको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

पहिरोले उक्त जलविद्युत आयोजनाका मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-४ घोराभिट्टा निवासी २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको हो।

उक्त पहिरोले बेस क्याम्प हाइड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा बगाउँदा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाइड्रोपावरको क्लिनिकमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय हेदङ्नाबाट खटिएको प्रहरी उद्धारमा खटिएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : १८ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम