‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ « Khabarhub

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सांसद रञ्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप्न सुझाव दिएकी छन् ।   

प्रतिनिधिसभाको आजको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको बताइन्।  

सांसद श्रेष्ठले मुक्त कमलरी, मुक्त कमैया र हरुवाचरुवाको जीविकोपार्जन, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन् । 

उनले बालबालिका तथा ज्येष्ठ नागरिकप्रति समर्पित योजनाको बजेट तथा योजना प्रभावकारी बनाउन र सहरी विकासका कार्यक्रम ग्रामीण क्षेत्रसम्म विकासको आवश्यकता औँल्याइन्। 

ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सांसद श्रेष्ठको सुझाव छ । नेपाली सेनाअन्तर्गतको जनशक्तिको उपयोग गर्नपनि उनले जोड दिइन् । 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : ४६ बजे

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन