तामाकोशी र मेलुङका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी  « Khabarhub

तामाकोशी र मेलुङका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी 


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गरिएको छ ।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाको प्रमुख आतिथ्यमा आयोजित चेक वितरण समारोहमा हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तीर्थ राज रेग्मी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ (थोकर) तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप के.सी.को उपस्थितिमा सम्पन्न भएको हो ।

हिमालयन बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच मिति २०७९ कार्तिक ४ गतेका दिन दोस्रो पटक भएको सम्झौता अनुसार युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्य अनुरूप हाल सम्म १३० जनालाई जम्मा ६ करोड ६ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भैसकेको तथा १८ जनाको फाइल लगानीको लागि तयार भएको छ ।

त्यसै अनुरूप हिमालयन बैंक चरिकोट शाखा र मेलुङ गाउँपालिका तथा तामाकोशी गाउँपालिकाका बीच मिति ८० भदौ ७ गतेका दिन भएको सम्झौता अनुसार दुवै गाउँपालिका जम्मा १० जना किसानहरूलाई ९७ लाख रुपैयाँ कर्जा स्वीकृत भई लगानी गरिसकेको छ भने १५ जनाको फाइल करिब १ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा लगानीको लागि प्रक्रियामा छ ।

हिमालयन बैंकले दोलखा जिल्ला सहित हेफर इन्टरनेशनलको कार्य क्षेत्रका जिल्लाहरूमा थप ८५२ भन्दा बढी उद्यमीहरूलाई निकट भविष्यमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धी क्षेत्रहरू जस्तै बाखापालन, पशुपालन तथा तरकारीको व्यवसायमा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सहज ढङ्गले कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

स्थानीय सरकारहरूको अगुवाइमा हेफर नेपाल र स्थानीय संस्थाहरूको साझेदारीमा सञ्चालित परियोजनाहरू मार्फत उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्ने र उच्चस्तरीय बैंकिङ्ग सेवाहरू सहजरुपमा उपलब्ध गराउने उद्देश्य लिइएको छ । विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरू मार्फत हिमालयन बैंकले करिब १,००० उद्यमीहरूलाई कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : २८ बजे

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव