विद्युतीकरणले झिलीमिली भयो महाभारत « Khabarhub

विद्युतीकरणले झिलीमिली भयो महाभारत


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको विद्युत् जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन् । विसं २०७५ बाट विद्युतीकरण सुरु भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो ।

गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको गाउँपालिको जनाएको छ ।

बिहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।

‘अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौँ’, उनले भने, ‘विसं २०७५ सालदेखि सुरु गरेको विद्युतीकरण विसं २०७६ देखि कार्यान्वयनमा ल्याएको र हाल ती सबै कार्य पूरा गर्न सफल भएका छौँ ।’

विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उनले बताए । विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिनलगायतका साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन् ।

महाभारत गाउँपालिका–४ कलवानका स्थानीयवासी दिपेश लामाले बत्ती बलेपछि निकै उत्साह बढेको बताए। यसअघि बालबालिकालाई पढाउन टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ३३ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज