शरीरमा मुसा किन आउँछ ? | Khabarhub Khabarhub

शरीरमा मुसा किन आउँछ ?


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

मानिसको शरीरमा आउने मुसालाई लिएर धेरै प्रकारका धारणा सुन्न पाइन्छ। कोही यसलाई क्यान्सरको कारक मान्छन् तर कोही गम्भीर समस्या नभएको ठान्छन्। तर पनि मुसाले धेरैलाई दुःख भने दिएको छ। यो ह्युमन पापिलोमा भाइरसका कारण आउने गर्दछ। मुसा आएको केही समयपछि आफै हराएर जाने हुन्छ। तर लामो समयसम्म रहिरह्यो दुख्ने, चिलाउने जस्ता लक्षण देखिए भने गम्भीर रोगको संकेत हुनसक्ने चिकित्सक बताउँछन्। शरीरमा आउने मुसा कस्तो समस्या हो ? के कारणले आउँछ मुसा ? यसको उपचार विधि के छ ? यिनै विषयमा छालारोग विशेषज्ञ डा. प्रार्थना अधिकारीसँग गरिएको कुराकानीः

शरीरमा आउने मुसा कस्तो समस्या हो ?
यो छालामा देखिने आम समस्या हो। जसलाई नेपालीमा मुसा भनिन्छ भने अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस र विभिन्न प्रकारका नामले चिनिन्छ।

के कारणले आउँछ मुसा ?
यो भाइरसको संक्रमणबाट छालामा आउने रोग हो। मुसा सबैभन्दा धेरै ह्युमन पापिलोमा भाइरसका कारण आउने गर्दछ। त्यो भाइरसका पनि विभिन्न प्रकार छन्। जसका कारण मुसा फैलिने गर्दछ।

हेर्दा सबै उस्तैउस्तै छाला अलिकति उठेको फ्ल्याट कलरको, स्किन कलर, ब्राउन कलरका हुन्छन्। मुसा शरीरका विभिन्न भागमा देखिने गर्दछन्। जुन अङ्गमा मुसा आउँछन् त्यो अनुसार यसको नामाकरण गरिएको हुन्छ।

मुसा धेरै प्रकारका हुन्छन् भनिन्छ, कति प्रकारका हुन्छन् ?
हेर्दा सबै उस्तैउस्तै छाला अलिकति उठेको फ्ल्याट कलरको, स्किन कलर, ब्राउन कलरका हुन्छन्। मुसा शरीरका विभिन्न भागमा देखिने गर्दछन्। जुन अङ्गमा मुसा आउँछन् त्यो अनुसार यसको नामाकरण गरिएको हुन्छ। जस्तै पैतालामा आउने मुसालाई ‘प्लान्ट अ वर्क’ भनिन्छ। त्यस्तै हातको हत्केलामा आउने मुसालाई ‘भेरुका प्लाना’ भनिन्छ। त्यस्तै हातका जुन फ्ल्याट खालको देखिन्छ। अर्को औंलाको वरीपरी परी आउने खालको हुन्छ। त्यस्तै अर्को भनेको यौनांगमा आउने मुसा हो। यो चाहिँ यौनांगमा घाउ हुनेसँग असुरक्षित यौन सम्पर्क भएमा हुन्छ।

मुसालाई कुनै रोगको संकेत पनि मान्न सकिने हो ?
पहिलेको जमानामा मुसालाई त्यति ठुलो रुपमा कसैले पनि लिएनन्। त्यो बेलाको रहन सहन, खानपिन एकदमै स्वस्थकर हुन्थ्यो। जसका कारण रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो हुने भएकाले यसले ठुलो समस्या लिँदैन थियो।  अहिलेको हाम्रो खानपान, जीवनशैली रहन सहनका कारणले रोगप्रतिरोधात्मक क्षमता नहुने भएकाले सजिलैसँग जाँदैन। दीर्घरोगी जस्तै मधुमेह, थाइराइड लगायतका बिरामीमा आउने र छिट्टै फैलिने सम्भावना हुन्छ।

यो सर्ने रोग हो। प्रत्यक्ष छालाको सम्पर्कका कारण सर्छ । अप्रत्यक्ष रुपमा तौलिया, रुमाल, रेजर ब्लेड संक्रमित व्यक्तिको चलाइएको छ भने त्यसबाट समेत सर्छ।

मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना कत्तिको हुन्छ ?
यो सर्ने रोग हो। प्रत्यक्ष छालाको सम्पर्कका कारण सर्छ । अप्रत्यक्ष रुपमा तौलिया, रुमाल, रेजर ब्लेड संक्रमित व्यक्तिको चलाइएको छ भने त्यसबाट समेत सर्छ। अर्को भनेको गुप्ताङ्गमा हुने मुसा शारीरिक सम्पर्कबाट पनि सर्ने हुन्छ।

मुसा आउने समस्यामा वंशाणुगत असर कत्तिको हुन्छ ?
यो सरुवा रोग भएकाले यसमा वंशाणुगत असर हुँदैन। तर हेर्दा मुसा जस्तै देखिने कुनै कोठीहरुमा भने वंशाणुगत असर देखिने सम्भावना रहन्छ।

लामो समय रहँदा क्यान्सरको जोखिम हुन्छ भनिन्छ, क्यान्सरसँग मुसाको केही सम्बन्ध हुन्छ ?
क्यान्सर र मुसा एकदमै फरक रोग भएपनि कतिपय अवस्थामा शंका गर्न सकिन्छ। मुसा आफै क्यान्सरमा परिणत हुँदैन। तर यदि छालामा कुनै प्रकारको क्यान्सरको संक्रमण भएको छ भने मुसा आउने सम्भावना रहन्छ। सामान्य मुसाकै कारण क्यान्सर भने हुँदैन।

क्यान्सर र मुसा एकदमै फरक रोग भएपनि कतिपय अवस्थामा शंका गर्न सकिन्छ। मुसा आफै क्यान्सरमा परिणत हुँदैन। तर यदि छालामा कुनै प्रकारको क्यान्सरको संक्रमण भएको छ भने मुसा आउने सम्भावना रहन्छ।

यो आम समस्या हो भन्नुभयो, मुसाकै समस्या लिएर कत्तिको बिरामी आउने गरेका छन् ?
धेरै बिरामी आउने गरेका छन्। कति जनाले त अझ घरमै अनेक थरी विधि प्रयोग गरिरहेका हुन्छन्। युट्युब च्यानल हेरेर टेपहरु टाँस्ने, चुना दल्ने गर्छन्। तर हामी के सल्लाह दिन्छौं भने मुसा आउँदा चलाउने, कोट्याउने गर्दा झन् धेरै फैलिने र घरेलु उपचार गर्न खोज्दा घाउ भएर इन्फेक्शन हुनसक्ने भएकाले मुसा बढ्दै गएको छ, दुखेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ।

यसको रोकथामका लागि के गर्न सकिन्छ ?
यसको रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ। जस्तै हात राम्रोसँग धुने, हात चुस्ने वा नंग टोक्ने बानी नगर्ने, जिमखाना, स्विमिङ्ग पुलमा आफ्नै तौलिया प्रयोग गर्ने, सधै जुत्ता लगाउने, अरु कसैलाई मुसा आएमा नकोट्याउने, खानपानमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता कम गराउने खालका खानेकुरा जस्तै धुम्रपान र मध्यपान नगर्ने र कुनै समस्या देखिएमा तुरुन्तै सम्बन्धित चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्ने हुन्छ।

यसको उपचार विधि के छ ?
यसको उपचार विधि सामान्य र सानो छ। सुरुवाती अवस्थामै उपचारको लागि आए भने क्रिम अथवा टेप टाँसेर फाल्न सकिन्छ। त्यस्तै अलिकती धेरै भएको छ भने लिक्विड नाइट्रोजनको प्रयोग गरेर उपचार गरिन्छ। यसको उपचार इलेक्ट्रिकल सर्जरी जसअन्तर्गत विद्युतको सहायताले मुसा पगालेर निकालिन्छ। अहिले अन्य आधुनिक उपचार प्रविधि पनि छन्। विभिन्न उपचार विधिको प्रयोगबाट यसको पूर्णरुपमा उपचार गर्न सकिन्छ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ७ : १० बजे

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

एजेनसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै