पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै « Khabarhub

पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्न थालेको भन्दै स्थानीयहरुले चक्काजाम गरेका छन् ।

तक्षशीलामा लुटपाट र हिंसाका घटना बढ्दै गएपनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै स्थानीयहरुले तक्षशीला–खानपुर सडकखण्डमा चक्काजाम गरेका हुन् ।

पछिल्लो समय तक्षशीला र वाह क्षेत्रमा मोटरसाइकलमा सवार गुण्डाहरुले लुटपाट र हिंसा मच्चाउँदै आएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हालैमात्र मोटरसाइकलमा सवार दुई लुटेराले तक्षशीला–खानपुर सडकखण्डमा रहेको एउटा बेकरीमा लुटपाट मच्चाएर फरार भएका थिए ।

नकाब लगाएका ती लुटेराले पीडितको मोबाइल, पैसा र गरगहना लुटेर भागेका थिए । प्रहरीलाई खबर गर्दा घण्टौँसम्म पनि प्रहरी घटनास्थल नआएको पीडितको भनाइ छ ।

लुटपाटको विरोधमा स्थानीयहरुले सडकमा सवारी तेर्स्याएर चक्काजाम गरेका हुन् । चक्काजामका कारण यात्रुले सास्ती खेप्नुपरेको डनले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : २० बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज