भारतीय प्रधानमन्त्री मोदी इटाली प्रस्थान | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी इटाली प्रस्थान


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा इटाली प्रस्थान गरेका छन् ।

समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीबार उनी इटालीतर्फ लागेका हुन् । 

जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिनेछन् । 

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेका थिए । यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँजी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ । 

विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ । 

एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताए । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  २ : २१ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ