बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित « Khabarhub

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् ।

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।

खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए । खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् ।

डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

वर्षा धेरै भएकाले नदी किनारा, भिरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

बाढीले कम्तीमा रु तीन करोड बढीको क्षति पारेको अनुमान गरिएको जनाइएको छ । क्षतिको तथ्याङ्क भने गाउँस्तरमा भइरहेको छ । त्यस्तै चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ५६ बजे

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको