असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर | Khabarhub Khabarhub

असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटामध्ये ११ वटा बैंकले जेठको तुलनामा असार महिनामा ब्याजदर घटाएका हुन् ।

त्यस्तै, ३ बैंकहरूले भने ब्याजदर बढाएका हुन् । अन्य ६ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर स्थिर नै राखेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार, जेठ महिनामा एभरेष्ट बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा असारमा ब्याजदर घटाएर ५.७५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशत, एसबीआई बैंकले ६.३९ प्रतिशतबाट ६.३० प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशतबाट ६.५ प्रतिशत, ग्लोबल आइएमईले ७.५ प्रतिशतबाट ६.५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट ६.५६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशत, सानिमा बैंकले ६.९ प्रतिशतबाट ६.८ प्रतिशत, सिटिजन्स बैंकले ७ प्रतिशतबाट ६.९ प्रतिशत, एनएमबी बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशत र एनआइसी एसिया बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशतमा झारेका हुन् । असारमा बैंकहरूले ७ प्रतिशतबाट ब्याजदर केही घटाउन थालेका हुन् ।

त्यस्तै, हिमालय बैंकले जेठमा ७.५ प्रतिशत ब्याजदर कायम गरेकोमा असारका लागि ब्याजदर बढाएको छ । उक्त बैंकले असारका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । त्यस्तै, माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएको छ भने नबिल बैंकले ६.७५ प्रतिशत जेठमा कायम भएको ब्याजदर बढाएर असारमा ७ प्रतिशत पुर्‍याएको हो ।

त्यसबाहेक, अन्य ६ बैंकले जेठमै कायम भएकै ब्याजदर असारमा स्थिर राखेका छन् । कृषि विकास बैंकले ५.६६६१ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकले ७ प्रतिशत र प्रभु बैंकले ७.५ प्रतिशत ब्याजदर जेठ महिनामा कायम गरेका थिए ।

ती बैंकहरूले असारमा पनि सोही ब्याजदरलाई नै स्थिर राखेका हुन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : १७ बजे

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली– हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय

जिल्ला प्रशासन कार्यालय बाँकेमा टोकन प्रणाली

नेपालगन्ज– बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि

तुलसीपुरमा जग्गा नापनक्सांकन फेरि सुरु

देउखुरी– दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासको जग्गा नाप

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी 

काठमाडौं– काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५

नागार्जुनमा १ लाख २८ रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पोपार्क नजिकै डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३