कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर | Khabarhub Khabarhub

तीन महिला मृत्यु प्रकरण

कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको सदरमुकाम कावासोती तनावग्रस्त भएको छ ।

बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनावकाबीच आक्रोशित आफन्तहरूले कावासोती नगरपालिकाको कार्यालय र मेयर विष्णु भुसालको घरमा शुक्रबार तोडफोड गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरू आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।

अहिले अवस्था हिंसात्मक हुने भएपछि कावासोती बजारमा सयौँको संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रदर्शनकारीले मेयर भुसालको घरमा आगजनी प्रयास गरेपछि अवस्था झन् भड्किएको छ । प्रयास गरेका छन् ।

बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका छन् । प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ४ : २२ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन