कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर « Khabarhub

तीन महिला मृत्यु प्रकरण

कावासोतीमा तनाव : नगरपालिका र मेयरको घरमा तोडफोड, प्रहरीद्वारा हवाई फायर


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको सदरमुकाम कावासोती तनावग्रस्त भएको छ ।

बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनावकाबीच आक्रोशित आफन्तहरूले कावासोती नगरपालिकाको कार्यालय र मेयर विष्णु भुसालको घरमा शुक्रबार तोडफोड गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरू आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।

अहिले अवस्था हिंसात्मक हुने भएपछि कावासोती बजारमा सयौँको संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रदर्शनकारीले मेयर भुसालको घरमा आगजनी प्रयास गरेपछि अवस्था झन् भड्किएको छ । प्रयास गरेका छन् ।

बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका छन् । प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ४ : २२ बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि