लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुनः आचार्य नियुक्त  « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुनः आचार्य नियुक्त 


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

रजिस्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्त गरेका हुन् ।

रजिस्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डा. पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो ।

रजिस्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : २३ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।