लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुनः आचार्य नियुक्त  « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुनः आचार्य नियुक्त 


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

रजिस्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्त गरेका हुन् ।

रजिस्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डा. पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो ।

रजिस्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : २३ बजे

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई