भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास « Khabarhub

भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र जापानले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । जापानको योकोसुकामा दुई मुलुकका नौसैनिकबीच संयुक्त अभ्यास सञ्चालन भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस अभ्यासमा भारतले आईएनएस शिवालिक परिचालन गरेको छ ।

योकोशुकामा आईएनएस शिवालिकलाई जापानका लागि भारतीय राजदूत सिबी जर्ज र जापानी नौसेनाका कमाण्डर भाइस एडमिरल इटो हिरोशीले स्वागत गरेको भारतीय रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यी दुई मुलुकबीच सन् २०१२ यता संयुक्त नौसैनिक अभ्यास सञ्चालन हुँदै आएको छ । भारतीय रक्षा मन्त्रालयले यस संयुक्त नौसैनिक अभ्यासले दुई मुलुकका नौसेनाबीचको सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरेको छ ।

यस अभ्यासले दुबै मुलुकका नौसेनालाई एक अर्काको नौसैनिक रणनीति एवम् युद्ध लड्ने कलाबारे परिचित गराउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : २० बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ