अनधिकृत हिसाबका सम्झौता भए रास्वपा सरकारबाट बाहिर आउँछ : मन्त्री श्रेष्ठ « Khabarhub

अनधिकृत हिसाबका सम्झौता भए रास्वपा सरकारबाट बाहिर आउँछ : मन्त्री श्रेष्ठ


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरू दुई धारे तरबारका बीचमा चलिरहेको बताएका छन् । 

शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता भए आफ्नो पार्टी जुनसुकै बेला पनि सरकारबाट बाहिर आउन तयार भएको बताए । 

सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको पनि बताए । 

उनले भने,  ‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : ०३ बजे

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले