पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय « Khabarhub

पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरीसिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१-०८२–२०८५-०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१-०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : ४५ बजे

भारतीय प्रधानमन्त्री मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो