कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शनी « Khabarhub

कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शनी


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न ‘कनेक्टिङ कर्णाली’ अभियानको फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन नवीन शाहीले गरेका छन् ।

काठमाडौं नयाँ बानेश्वरस्थित एन बि सेन्टरको उमोजो क्याफेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राउटे युवा  शाहीले भने ‘राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरू झेल्न परेको बताए । 

समयमै समस्या समाधान नहुदा राउटे समुदायमा समस्या चुलिँदै गएको शाहीले बताएका थिए ।  

कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरूलाई समेट्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुवात गरिएको छ । ३ दिन सम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा  भिडियोहरु प्रदर्शन गरिएको छ ।

साथै कर्णालीको उत्पादनसँग सम्बन्धी मार्सीचामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा अधिकांश तस्बिर आयोजक र बिशाल सुनारले कैद गरेका छन् भने एक वटा तस्बिर  हरिहरसिंह राठोर खिचेका छन् भने प्रदर्शन गरिएका पाँच वटै छोटो भिडियोहरु बिशाल सुनारले तयार गरेको हुन् । भिडियोहरुमा दैलेखको सस्कृति,सम्पदा,प्रकृति,सावर र पेट्रोलियम पदार्थ अन्वेषणसंग सम्वन्धित भिडियोहरु राखिएको छ ।

मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको प्रवद्र्धनमा आयोजना गरिएको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ०१ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप