विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी « Khabarhub

विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ। वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको नामिबिया तीन विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले नटआउट ४७ रन बनाए। २० बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। उसका लागि जोनी बेयरस्टो ३१, मोइन अली १६, लियाम लिभिङस्टोन १३ रनमा आउट हुँदा फिल साल्टले ११ रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारे भने डेभिड विसे र बर्नार्ड स्कटेजले समान एकएक विकेट लिए।

१२३ रनको लक्ष्य पछ्याएको नामिबियाका लागि भने माइकल भ्यान लिङ्गेनले सर्वाधिक ३३ रन बनाए। २९ बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे। डेभिड विसेले २७ रन जोडे भने निकोलास डेभिन १८ रनमा आउट भए। नामिबिया तीन विकेट गुमाएर ८४ रनमा समेटिएको हो। नामिबियालाई सतस्तैमा समेट्न कसिलो बलिङ गरेको इंग्ल्याण्डका लागि अफ्रा आर्चर र क्रिस जोर्डनले समान एकएक विकेट हात पारे।

यो जितसँगै इंग्ल्याण्डले सुपर ८ को सम्भावनालाई जीवितै राखेको छ। समूह ‘बी’मा सुपर ८ प्रवेश गरिसेको अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थामा छ।

चार खेल खेलिसकेको इंग्ल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएको तर एक खेल खेल्न बाँकी स्कटल्याण्ड भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। इंग्ल्याण्डलाई सुपर ८ प्रवेशका लागि अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउनुपर्नेछ। स्कटल्याण्डले अस्ट्रेलियामाथि जित निकाले यो समूहबाट स्कटल्याण्ड सुपर ८ मा प्रवेश गर्नेछ।

यो समूहका नामिबिया र ओमान भने विश्वकपबाट बाहिरिसकेका छन्। त्यसैगरी गएराति नै भएको समूह ‘ए’को भारत र अमेरिकाको खेल वर्षाले अवरुद्ध भएको छ। खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडेको भारत ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर ८ पुगेको छ भने अमेरिकासमेत ५ अंकसहित सुपर ८ मा पुगेको छ। यो समूहका क्यानडा, पाकिस्तान र आयरल्याण्ड विश्वकपबाट बाहिरिसकेका छन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : १३ बजे

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा