कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना « Khabarhub

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

सहकारीका ५६६ जना बचतकर्ताले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।

२ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम समावेश छ । संसदीय समितिको कार्यदेशको अनुसूची १ मा योसहित २० वटा सहकारीको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन, पेन ड्राइभ, केही चेक र कारसहितका सामाना बरामद भएको जनाएकोछ ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ०५ बजे

देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले