रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा « Khabarhub

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मस्को– दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ।

‘रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ’,  उनीहरूले एक विज्ञप्तिमार्फत जानकारी गराए ।

राज्य समाचार एजेन्सी तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यहरू मध्येका हुन् ।

जिहादी सङ्गठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ।

२२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो।

आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार सन्दिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ३७ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको