सप्तरीमा जीप दुर्घटनामा : पत्रकार डायलसनको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा जीप दुर्घटनामा : पत्रकार डायलसनको मृत्यु


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत बक्साहामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ मा शनिबार बिहान भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

बा १६ च २२३५ नम्बरको जीप दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १२ : ३० बजे

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु

एजेन्सी – लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका