इलाममा कुकुरको छाउराको निर्मम हत्या, घटनामा संलग्न तीनैजना समातिए « Khabarhub

इलाममा कुकुरको छाउराको निर्मम हत्या, घटनामा संलग्न तीनैजना समातिए


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

इलाम- एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ ।

देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो।

कुकुरको छाउराको ज्यान लिएपछि विरोध हुँदा उनीहरू तीनैजना भागेका थिए । उनीहरूलाई भागेको अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।

उनीहरूले कुकुरको खैरो रंगको एउटा छाउरोलाई लाठीले पटक पटक हानेर क्रूरतापूर्वक ज्यान लिएर खाडलमा पुरेका थिए। त्यसपछि उनीहरूले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि चर्को विरोध भएको थियो ।

यी ती युवाले गत जेठ ३२ गते कुकुरको छाउरो मारेर खाडलमा पुरेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए ।

उक्त भिडियो उनीहरूले ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट फेसबुक पेजमा हालेपछि भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा चिन्ताजनक भिडियो सार्वजनिक भएपछि घटनाको छानबिन अघि बढाउन इलाम प्रहरीलाई दबाब परेको थियो ।

यसबारेमा पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरीसमेत दिएको थियो ।

पक्राउ परेका तीनै युवाविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत परेको जाहेरीअनुसार अनुसन्धान अघि बढाइएको इलाम प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन