आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न हुँदैन–नेता नेपाल « Khabarhub

आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न हुँदैन–नेता नेपाल


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकाशको निम्ति सबै एक जुट हुनु पर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताए । उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउँदै विकास निर्माणमा तीन पक्षको महत्वपूर्ण भूमिका हुने बताए ।

कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै सबै पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने उनको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले काठमाडौंको विकास समयमा सम्पन्न गर्न र धुलो हटाउनका लागि स्थानीय स्तरमा पनि काम हुनुपर्ने बताए । उनले आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न नहुने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : ४४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको