घरजग्गाको कारोबार बढ्यो, कुन महिनामा कति ? | Khabarhub Khabarhub

घरजग्गाको कारोबार बढ्यो, कुन महिनामा कति ?


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही बढेको छ । गत वर्ष २०८० जेठ महिनामा ५५ हजार ७९ घरजग्गाको लिखत पास भएकोमा २०८१ जेठसम्म ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पास भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । 

अघिल्लो वर्षको जेठको तुलनामा यो वर्षको जेठमा ६ हजारभन्दा बढी घरजग्गाको लिखत पास भएका हुन् । विभागकाअनुसार २०८० बैशाखमा ४९ हजार ७८२ वटा लिखत पारित भए भने २८ वटा अपार्टमेन्टको लिखत पारित भए । 

विभागको मासिक कारोबार हेर्दा, चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आइपुग्दा घरजग्गाको कारोबार क्रमशः बढ्दै गएको देखिन्छ । २०८० साउन महिना देखि कात्तिक महिनासम्म घरजग्गाको कारोबार ह्वात्तै घटेको देखिन्छ । २०८० साउन महिनामा ३९ हजार २६२ वटा घरजग्गा तथा २९ वटा अपार्टमेन्ट, भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा तथा ४५ वटा अपार्टमेन्ट, असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गा तथा ३८ वटा अपार्टमेन्ट, कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गा तथा २२ वटा अपार्टमेन्टको लिखत पारित भएको देखिन्छ । 

त्यस्तै, मंसिर महिनापछि भने घरजग्गाको कारोबार विस्तारै बढ्न थालको छ । त्यस्तै, २०८० मंसिर महिनामा ४१ हजार ८५१ वटा घरजग्गा तथा २२ वटा अपार्टमेन्ट, पुस महिनामा ४५ हजार २७५ वटा घरजग्गा तथा २८ वटा अपार्टमेन्ट, माघ महिनामा ५० हजार ९२१ वटा घरजग्गा तथा २५ वटा अपार्टमेन्ट, फागुन महिनामा ५० हजार ९९८ वटा घरजग्गा तथा २९ वटा अपार्टमेन्ट, चैत महिनामा ५० हजार २५२ वटा घरजग्गा तथा १८ वटा अपार्टमेन्ट र बैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गा तथा २८ वटा अपार्टमेन्ट लिखत पारित भएको देखिन्छ ।

घरजग्गाको कारोबार बढेसँगै सेवा कर र पुँजीगत लाभकर पनि बढेको छ । २०८० जेठमा सेवा करबापत २८ करोड ४० हजार रुपैयाँ र पुँजीगत लाभकरबाट १ अर्ब २८ करोड ८ लाख ८४ हजार रुपैयाँ संकलन भएको थियो भने २०८१ जेठ महिनामा सेवा करबापत ३२ करोड ३८ हजार रुपैयाँ र पुँजीगत लाभकर १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिना देखि असोजसम्म सेवा कर र पुँजीगत लाभ करबापत आम्दानी केही बढेको देखिन्छ । 

साउन महिनामा सेवा करबापत २१ करोड ६६ लाख रुपैयाँ र पुँजीगत लाभकरबापत १ अर्ब एक करोड ३१ लाख रुपैयाँ, भदौ महिनामा सेवा करबापत २५ करोड ५५ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबापत १ अर्ब ९ करोड २९ लाख रुपैयाँ र असोज महिनामा सेवा करबापत ३७ करोड ५ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, कात्तिक महिनामा सेवा करबापत २० करोड १५ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत ७७ करोड ९ लाख रुपैयाँ, मंसिर महिनामा सेवा करबापत २२ करोड ३१ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत ९६ करोड ४५ लाख रुपैयाँ, पुस महिनामा सेवा करबापत २६ करोड २० लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब १० करोड ९ लाख रुपैयाँ सरकारले आम्दानी गरेको थियो । 

माघ महिनामा सेवा करबापत २२ करोड ५१ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ, फागुन महिनामा सेवा करबापत २५ करोड ६५ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब २८ करोड ५० लाख रुपैयाँ, चैत महिनामा सेवा करबापत ३१ करोड ५२ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र वैशाख महिनामा सेवा करबापत २४ करोड १४ लाख रुपैयाँ र पुँजीगत लाभ करबापत १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : २८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले