पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित « Khabarhub

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका शुभराज थापा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा नेकपा एमालेका नवराज घिमिरेलाई एक सय ५७ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले तीन सय ६८ मत प्राप्त गर्दा घिमिरेले दुई सय ११ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा यसअघि नै नवीन बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा एमालेका चन्द्रप्रसाद भट्टराई, कांग्रेसकाे तर्फबाट भिमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती, लक्ष्मी गौतम, तुलसा तामाङ र सावित्रीदेवी गुरुङ निर्वाचित भएका छन् । एमालेका भट्टराई सदस्यमा निर्वाचित हुँदा कांग्रेसका राजकुमार जोशी पराजित भएका छन् ।

योसँगै पाँचथर बहुमुखी क्याम्पसले ३३ वर्षपछि नयाँ नेतृत्व पाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।