देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरण लगाए : ओली « Khabarhub

देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरण लगाए : ओली


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको तर्क गरेका छन्‌ ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ बिमोचन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवम्‌ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको घमण्ड देखाए सरकारले बङ्गलादेश र श्रीलङ्काको हालत ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए । दाहालको सो अभिव्यक्तिप्रति पनि ओलीले कटाक्ष गरे ।

‘श्रीलङ्का र बङ्गलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताए । नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको पनि ओलीको भनाइ थियो ।

यो पनि-

पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला

अब नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले नेपाल श्रीलङ्का र बङ्गलादेश जस्तै हुनसक्ने धम्कीबाट आफू नडराउने दोहोर्‍याए ।

ओलीले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा सामाजिक अराजकतामात्रै भएको र यसले समाजलाई बेथितितर्फ लाने धारणा राखे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनी रूपमा रोक्ने पनि उल्लेख गरे ।

सत्ता गठजोडको प्रमुख घटक नेपाली कांग्रेसलाई पनि ओलीले सत्ताको नेतृत्व आलोपालो गर्ने सन्दर्भमा थप विश्वस्त बनाउन खोजे । आफूलाई पदको कुनै लोभ नभएको पनि जिकिर गर्दै उनले आफ्नो कार्यकाल सकिनुअघि नै सहज रूपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ६ : ०५ बजे

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट