'भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन' | Khabarhub Khabarhub

‘भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन’


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मुख्य सचिव बिमल कोइरालाले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको पछाडि राजनीतिक नेतृत्वलाई दोष लगाएका छन् । राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचारले प्रश्रय पाएको भन्दै उनले मुहान नै सफा हुनु पर्ने धारणा राखे ।

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन् ।

सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी उनको थियो ।

उनले राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको बताए । भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले सबै भन्दा राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताए । उनले भने, ‘सुधारमाथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउँनुपर्छ । खुट्टा मात्रै पखालेर हुदैँन ।’

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनको थियो । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै कोइरालाले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे । उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको बताए । प्रदेशलाई अधिकार नदिनुलाई उनले ‘संघीय सरकारको हिनताबोध र लघुताबोध’ भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ०६ बजे

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

वीरगञ्ज– खुला सिमानाका कारण लागूऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले

अर्थमन्त्री विष्णु पौडेलसँग जोडेर योगेशलाई भाइरल बनाइएको भिडियो एक वर्ष पुरानो

काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू)

काठमाडौँ – नेपालका सांस्कृतिक क्षेत्रहरूमा भेटिने एक दर्जनभन्दा बढी नेपाली

समयमा मनसुन सक्रिय नहुँदा रोपाइँ ढिलो सुरु

भैरहवा–  समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु