‘भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन’ « Khabarhub

‘भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन’


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मुख्य सचिव बिमल कोइरालाले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको पछाडि राजनीतिक नेतृत्वलाई दोष लगाएका छन् । राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचारले प्रश्रय पाएको भन्दै उनले मुहान नै सफा हुनु पर्ने धारणा राखे ।

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन् ।

सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी उनको थियो ।

उनले राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको बताए । भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले सबै भन्दा राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताए । उनले भने, ‘सुधारमाथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउँनुपर्छ । खुट्टा मात्रै पखालेर हुदैँन ।’

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनको थियो । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै कोइरालाले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे । उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको बताए । प्रदेशलाई अधिकार नदिनुलाई उनले ‘संघीय सरकारको हिनताबोध र लघुताबोध’ भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ०६ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।