उत्तरी इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु « Khabarhub

उत्तरी इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मंगलबार नौ जनाको मृत्यु भएको सरकारी मिडियाले छ। 

घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ ।

‘दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरू अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो’, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भने । 

रिपोर्टका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो ।  नोभेम्बर २०२३ मा गिलान प्रान्तको लङ्गारुड सहरको लागूऔषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो। 

जुन २०२० मा  उत्तरी तेहरानको एउटा क्लिनिकमा ग्याँस पड्केर भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि