उत्तरी इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु « Khabarhub

उत्तरी इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मंगलबार नौ जनाको मृत्यु भएको सरकारी मिडियाले छ। 

घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ ।

‘दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरू अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो’, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भने । 

रिपोर्टका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो ।  नोभेम्बर २०२३ मा गिलान प्रान्तको लङ्गारुड सहरको लागूऔषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो। 

जुन २०२० मा  उत्तरी तेहरानको एउटा क्लिनिकमा ग्याँस पड्केर भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ५१ बजे

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल