प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट « Khabarhub

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

अस्मिता र महेशले दुबई पुगेका बेला बिहे गर्ने निर्णयसहित इन्गेजमेन्ट गरेका छन् ।

दुबईमा हुन लागेको सांगीतिक कार्यक्रममा गीत गाउन पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका छन् ।

विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए ।

त्यसपछि अस्मिताले दुई आत्मा एक भएको कुरा लेखेकी छन् । उनले आफूहरू सधैँका लागि एक भएको पनि बताएकी छन् ।

उनीहरूले पछिल्लो समय सांगीतिक करिअरलाई मिलेर अघि बढाइरहेका थिए । यसअघिबाटै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् । गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै अघि बढेका उनीहरूले बिहेको निर्णय लिएका हुन् ।

अब उनीहरूले दुबईमा इन्गेजमेन्ट गर्दै प्रेममा रहेको पनि स्वीकारेका छन् । अर्कातिर एकसाथ जीवन अघि बढाउने जनाउँदै विवाहको निर्णय पनि लिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ३५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने