निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले « Khabarhub

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


43.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भेटिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान अजित गोलेको शव बुधबार बिहान शौचालयमा फेला परेको थियो ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा हेर्दा आफैंलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि