प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, जनजाति महासंघका अध्यक्ष बराम घाइते « Khabarhub

प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, जनजाति महासंघका अध्यक्ष बराम घाइते


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापनविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा प्रदर्शनमा उत्रिएकाहरुमाथि शनिबार दिउँसो प्रहरीले लाठीचार्ज गर्दा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आन्दोलनकारीले दिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो । तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन् ।

उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन् ।

यता लोकसेवाले भने स्थानीय तहमा रिक्त पदपूर्तिका लागि खुला गरेको विज्ञापनअनुसार परीक्षा समेत लिइसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ४२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल