प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, जनजाति महासंघका अध्यक्ष बराम घाइते « Khabarhub

प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, जनजाति महासंघका अध्यक्ष बराम घाइते


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापनविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा प्रदर्शनमा उत्रिएकाहरुमाथि शनिबार दिउँसो प्रहरीले लाठीचार्ज गर्दा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आन्दोलनकारीले दिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो । तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन् ।

उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन् ।

यता लोकसेवाले भने स्थानीय तहमा रिक्त पदपूर्तिका लागि खुला गरेको विज्ञापनअनुसार परीक्षा समेत लिइसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ४२ बजे

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार