अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप (तस्बिरहरू) « Khabarhub

अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप (तस्बिरहरू)


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दूध सहकारी संघका पदाधिकारी तथा सदस्यहरूले लैन्चौरस्थित दूग्ध विकास संस्थान घेराउ गरेका छन् ।
दोश्रो पटक दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराबन्दी गर्न पुगेका उनीहरूलाई प्रहरीले रोकेको छ ।
बुधबार बिहान संस्थानको कार्यालय घेराबन्दी गर्न पुगेका युनियनका पदाधिकारी र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दूध उत्पादक कृषकले लामो समयदेखि दूग्ध विकास संस्थान र निजी डेरीबाट दूधको भुक्तानी नपाएको भन्दै आन्दोलित भएका छन् ।

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा दुध बिचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्नै अवस्था आएको भन्दै दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

डिडिसीबाट दुई अर्ब र निजि डेरीबाट करिब ३ अर्ब लिन बाँकी हुँदा कृषकहरू पीडित भएको उनले बताए ।

उनले न्यायोचित माग पूरा गर्न किसानहरूले डिडिसीमा धर्ना दिँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ३५ बजे

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ