प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भीमप्रसाद आचार्यले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा भएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले विगतमा खडेरीका कारण देशभरका किसान आहत भएका उल्लेख गर्दै केही दिनदेखि बाढीपहिरोका कारण नागरिकले दुःख पाएको भन्दै पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। 

सांसद मनबहादुर गुरुङले २०५४ सालमा मन्त्रिपरिषद्ले कास्कीमा रहेका तालहरूका संरक्षण गर्ने भने पनि सरकारले संरक्षणको कुनै योजना ल्याउन नसकेको बताए। सरकारले सिङ्गो कास्कीलाई नै उपेक्षा गर्नेगरी बजेट ल्याएको उनको गुनासो छ । 

सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा हिनामिना गर्नेमाथि कारवाही गर्न माग गरे। 

सांसद महेश बस्नेतले इलामका चियाखेती गर्ने किसानले समयमै मल पाउन नसकेका कारण करोडौँ रुपैयाँको क्षति ब्यहोर्नु परेको बताए। उनले इलामका चिया किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। 

सांसद माधव सापकोटाले किसानले दूधको भुक्तानी बाँकी रहेको समस्या दिगो समाधान गर्न सरकारसँग माग गरे। उनले सिन्धुपाल्चोकका सहकारीको रु तीन करोडसम्मको बक्यौता रहेको पाइएको उल्लेख गरे।  

सांसद मेनकाकुमारी पोख्रेलले सेना र प्रहरीका जवानलाई मनोविमर्शसम्बन्धी तालिम दिनुपर्नेमा जोड दिइन्। विद्यालयस्तरको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी विषय समावेश गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद मैना कार्कीले लाभग्राहीको घरघर र टोलटोलमा गएर राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गरिन्।  

    

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ५३ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको