प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भीमप्रसाद आचार्यले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा भएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले विगतमा खडेरीका कारण देशभरका किसान आहत भएका उल्लेख गर्दै केही दिनदेखि बाढीपहिरोका कारण नागरिकले दुःख पाएको भन्दै पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। 

सांसद मनबहादुर गुरुङले २०५४ सालमा मन्त्रिपरिषद्ले कास्कीमा रहेका तालहरूका संरक्षण गर्ने भने पनि सरकारले संरक्षणको कुनै योजना ल्याउन नसकेको बताए। सरकारले सिङ्गो कास्कीलाई नै उपेक्षा गर्नेगरी बजेट ल्याएको उनको गुनासो छ । 

सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा हिनामिना गर्नेमाथि कारवाही गर्न माग गरे। 

सांसद महेश बस्नेतले इलामका चियाखेती गर्ने किसानले समयमै मल पाउन नसकेका कारण करोडौँ रुपैयाँको क्षति ब्यहोर्नु परेको बताए। उनले इलामका चिया किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। 

सांसद माधव सापकोटाले किसानले दूधको भुक्तानी बाँकी रहेको समस्या दिगो समाधान गर्न सरकारसँग माग गरे। उनले सिन्धुपाल्चोकका सहकारीको रु तीन करोडसम्मको बक्यौता रहेको पाइएको उल्लेख गरे।  

सांसद मेनकाकुमारी पोख्रेलले सेना र प्रहरीका जवानलाई मनोविमर्शसम्बन्धी तालिम दिनुपर्नेमा जोड दिइन्। विद्यालयस्तरको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी विषय समावेश गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद मैना कार्कीले लाभग्राहीको घरघर र टोलटोलमा गएर राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गरिन्।  

    

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ५३ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले