युट्युबमा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो ‘छक्का पञ्जा–३’ « Khabarhub

युट्युबमा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो ‘छक्का पञ्जा–३’


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपक दीपाको ‘छक्का पञ्जा–३’ युट्युबमा सबैभन्दा बढी भ्युज पाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले नायक प्रदीप खड्का र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको ‘प्रेम गीत’को रेकर्ड तोडेको हो । 

आठ वर्षअघि सार्वजनिक भएको प्रेम गीतले तीन करोड २३ लाखभन्दा बढी भ्युज बटुल्दै युट्युबमा सबैभन्दा बढी भ्युज पाउने फिल्मको रेकर्ड राखेको थियो । जुन रकेर्ड छक्का पञ्जा–३ ले तीन वर्षमै तोडेको हो । छक्का पञ्जा–३ ले तीन करोड ५१ लाखभन्दा बढी भ्युज पाएको छ । 

यससँगै छक्का पञ्जा–३ सबैभन्दा कम समयमा युटुबमा बढी भ्युज पाउने नेपाली फिल्मको रेकर्डसमेत राख्न सफल भएको छ । नेपालको जनसंख्या २ करोड ९३ लाखभन्दा कम छ तर यस फिल्मले सो अंकभन्दा बढी भ्युज पाएको छ । 

रेकर्ड कायम भएसँगै कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले सामाजिक सञ्जालमार्फत् दर्शकलाई धन्यवाद दिएका छन् । त्यस्तै दीपकराज गिरीले लेखेका छन्, ‘यस्तै साना–साना खुशीहरुले नै त हो काम गर्न जाँगर लाग्ने । धन्यवाद दर्शक ।’

यो फिल्म विसं २०७५ असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आएको थियो । यसले सिभिल मलको ब्यूएफएक्स, बिग मुभिज, एफक्युबलगायतका उपत्यकाका ९ हलमा ५१ दिन मनाएको थियो ।

दीपराज गिरीको लेखन रहेको यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् । यसमा दीपकसँगै, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी दीपिका प्रसाईं, नीर शाह, जयनन्द लामा, शिशिर वाग्ंदेललगायतको मुख्य अभिनय रहेको छ । 

यस फिल्मका सम्पूर्ण शृंखला सुपरहिट छन् । यसबेला ‘छक्का पञ्जा- ५’ को छायांकन जारी छ, जुन आगामी दसैँको फुलपातीबाट प्रदर्शनमा आउने घोषणा भएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : ३९ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र