कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि « Khabarhub

कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकार स्वर्गीय शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।

दम र निमोनिया रोगले पीडित अधिकारीको शनिबार बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गरेकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।

कलाकार अधिकारीको अन्त्यष्टिमा उपस्थित चलचित्र कलाकारहरु : दायाँतर्फबाट नायिका करिश्मा मानन्धर, निर्देशक एवं निर्माता आकाश अधिकारी, नायिका रेखा थापालगायत ।

स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गरेकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २००४ भदौ २० गते जन्मिएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाएकी अधिकारीका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ३१ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष