वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई १८१ रनको चुनौती दिएको छ।

टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभर खेल्दै चार विकेटको क्षतिमा १८० रन बनाएको हो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ३८ रन बनाए। निकोलस पुरन र कप्तान रोभम्यान पावेलले समान ३६–३६ रन बनाए। सम्हालिएर खेलेका पुरनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने आक्रामक ब्याटिङ गरेका पावेलले १७ बलमा ५ छक्का प्रहार गरे। शेर्फेन रदरफोर्डले नटआउट २८ रन बनाएको खेलमा ब्रान्डन राजाले २३ रन हिर्काए।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चर, आदिल रशीद, मोइन अली र लियाम लिभिङस्टोनले समान एकएक विकेट हात पारे।

विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन्।

समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। इंग्ल्याण्डसमेत सुपर ८मा सुखद् नतिजाको अपेक्षासहित मैदानमा छ।

बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने