ब्लु बुक कीर्ते गर्ने गिरोह सक्रिय « Khabarhub

ब्लु बुक कीर्ते गर्ने गिरोह सक्रिय


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ ।

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेको उनको भनाइ छ ।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ११ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना