विश्वकपबारे रोहित : ब्याटिङ सोचेजस्तो भएन, गुलशनलाई गाली गर्नु ठिक होइन | Khabarhub Khabarhub

विश्वकपबारे रोहित : ब्याटिङ सोचेजस्तो भएन, गुलशनलाई गाली गर्नु ठिक होइन


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् ।

अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।

नेपालले समूह चरणका अन्तिम दुई खेलमा टेस्ट टोलीविरुद्ध बलिङतर्फ कडा टक्कर दिएको थियो । तर ब्याटिङक फ्लप सावित हुँदा ‘सुपर एट’मा नपुगी घर फर्किएको छ । एसोसियट राष्ट्रबाट अमेरिकाले अन्तिम ८ को यात्रा गरेको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा रोहितले पिचको अवस्था र नेपालको ब्याटिङ लाइनअप चल्न नसक्दा हार भोग्न बाध्य भएको बताए । ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले हारबारे व्याख्या गरे ।

ब्याटिङतर्फ गतिलो प्रदर्शन गर्न नसक्नु नै हारको कारण भएको पनि उनले स्वीकारेका छन् ।

पौडेलले कुनै पनि खेलाडी आफ्नै देशलाई हराउन मैदान नछिर्ने तर्क गरे । उनले देशलाई जिताउनकै लागि खेलाडीहरूले सक्दो कोसिस गर्ने पनि बताए । खेलाडीहरूलाई लगाइने अनावश्यक आरोपले मनोबल कमजोर हुने पनि उनले बताए ।

आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरूलाई पनि यस्ता आरोपले असर गर्ने बताउँदै खासगरी गुलशन झाप्रति गरिएको टिप्पणी र आलोचना गलत रहेको उल्लेख गरे ।

पौडेलले गुलशनबारे नकारात्मक टिप्पणी र आलोचनाले अरु खेलाडीको पनि मनोबल खस्किने बताए ।

उनले गुलनशनकै योगदानले नेपाली क्रिकेट यहाँसम्म आएको बताउँदै यो विश्वकपबाट टोलीले धेरै सक्ने मौका पाएको पनि उल्लेख गरे ।

खासगरी बलियो राष्ट्रट दक्षिण अफ्रिकाविरुद्धको नतिजा ब्याटरकै कारण उम्किएको आरोप लागिरहेको छ । यस्तोमा गुलशनलाई उक्त म्याचको हारको दोष लगाउने गरिएको छ ।

‘उक्त खेलमा पराजयले फ्यानहरूभन्दा धेरै दु:खी गुलशन भएको थियो’, उनले भने, ‘फ्यानहरूले उनकै अगाडि तिमीले गर्दा नेपाल हारेको भनिदिए। त्यस्तो कुराले नराम्रो लागेको छ । अबदेखि त्यस्तो नहोस् । गुलशनकै कारण हामीले धेरै एक्सपोजर पायौँ ।’

रोहितले विश्वकपमा गुलशनले आफूले सक्दो कोसिस गरेको पनि बताए । गुलशनबारे जथाभावी टिप्पणी उचित नभएको पौडेलले पटक पटक दोहोर्‍याए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : ३९ बजे

महेश बस्नेतको टिप्पणी : केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध

दाङ– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगर- पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको

१६ वर्षमा मतदान गर्ने र २५ वर्षमै उम्मेदवार बन्ने व्यवस्थाका लागि कानुन संशोधन गरौँ : प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि

प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका