प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता | Khabarhub Khabarhub

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन् । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताए ।

प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।

सबैको मेहनतले प्राधिकरण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे । ‘सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।’

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पुर्‍याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पुर्‍याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई मन्त्री पुनले आग्रह गरे ।

उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्‍याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उनको भनाइ थियो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उनले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पारे ।

मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १० : ३० बजे

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन अर्थ मन्त्रालयमा छलफल

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

नयाँ दिल्ली- छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीको उम्मेदवारी; प्रस्तावक रामहरि, समर्थक कृष्णगोपाल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन

सरकार र निजी क्षेत्रको अक्षमता : सञ्चित विदेशी मुद्रा उपयोगमा चुक्दै

काठमाडौँ – यतिबेला नेपाल राष्ट्र बैक र बैङ्किङ प्रणालीमा विदेशी